रसुवामा विभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्नेको लर्को
काठमाडौं,साउन १६ । रसुवामा दिन प्रति दिन विभिन्न पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्नेको संख्या वृद्धि भएको छ । जिल्लामा ठूला संख्याका नेता तथा कार्यकर्ताहरु नेकपा माओवादी केन्द्र, नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका हुन । बागमती प्रदेश सचिवालय सदस्य माओबादी केन्द्रका उद्धव रिजालको नेतृत्वमा माओवादी र नेपाली काग्रेसका नेताहरू एमाले प्रवेश गरेका छन् ।
बागमती प्रदेश सचिवालय सदस्य माओबादी केन्द्रका उद्धव रिजाल, जिल्ला कमिटी सदस्य शंकरप्रसाद न्यौपाने, कालिका गाउँपालिका उपाध्यक्ष रामशरण कुइकेल, चित्रप्रसाद देवकोटा, बलराम ढकाल, तोयानाथ न्यौपाने, मोहनसिङ थिङ, बहादुर लोप्चन , वीर बहादुर थिङ, फुलमाया थिङ, हित बहादुर थिङ लगाएतका नेता तथा कार्यकर्ताहरुले माओवादी तथा नेपाली काग्रेस छाडेर नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
ओली निवास बालकोटमा नवप्रवेशी नेतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले टीका लगाइ पार्टीमा स्वागत गरेका थिए ।