नारायणगढबाट धादिङ आउदै गरेको रिजर्भ माइक्रो बस भोर्लेबाट त्रिशुली नदीमा खस्यो
चितवन,साउन १६ । चितवनको नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत भरतपुर–२९, स्थित भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् ।
घाइतेहरुको अहिले चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते मध्ये केहीको अवस्था भने गम्भिर रहेको छ ।
सोमबार दिउँसो करिब ४ बजेको समयमा नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रोबस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशुली नदी किनारमा खसेको थियो । घाइतेहरु धादिङस्थित एक बैंकको कर्मचारी रहेको बताईएको छ ।