रुसको आक्रमणमा परी युक्रेनका धनाढ्य व्यापारी भाडाटुर्स्कीको मृत्यु



एजेन्सी,साउन १५ । रुसी सैनिकहरूले युक्रेनको निकोलायेभ शहरमा शनिवार राति गरेको आक्रमणमा परी धनाढ्य व्यापारी अलेक्सी भाडाटुर्स्कीको मृत्यु भएको युक्रेनी प्राव्दा पत्रिकाले खबर दिएको छ ।

भाडाटुर्स्की खाद्यान्न कारोबार कम्पनी निबुलनका मालिक थिए । उनी युक्रेनका २४औं धनी मानिस भएको बताइएको छ ।

घटनामा उनकी पत्नी राइसा मिखाइलोभ्ना पनि मारिएको बताइएको छ । भाडाटुर्स्कीले युक्रेनको कृषि र जहाज निर्माण उद्योगमा ठूलो योगदान गरेको बताइएको छ ।

उनी रुसको प्रतिबन्ध सूचीमा लामो समयदेखि थिए । उनले डोनबास क्षेत्रमा कैयौं सैन्य बटालियनलाई लगानी गरेको बताइन्छ । उनले युक्रेनका पूर्व राष्ट्रपति पेट्रो पोरोशेन्कोलाई समेत आर्थिक सहयोग गरेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्