लुम्बिनीमा जसपाका केन्द्रीय सदस्य बाबुरामतिर



काठमाडौँ,साउन १५ । जनता समाजवादी पार्टीमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने बहुमत केन्द्रीय सदस्यले पार्टी परित्याग गरी डा. बाबुराम भट्टराईलाई साथ दिएका छन् । मधेशपछि जसपाको राम्रो आधार क्षेत्र भएको मानिएको लुम्बिनी प्रदेशका ५८ केन्द्रीय सदस्यमध्ये ३३ जना डा. भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीमा आबद्ध भएका हुन् ।

लुम्बिनी प्रदेशका केन्द्रीय सदस्यहरुको बैठकले जसपाबाट राजीनामा दिएर प्रदेश इन्चार्ज दानबहादुर चौधरीको नेतृत्वमा नेपाल समाजवादी पार्टीमा आबद्ध हुने निर्णय गरेको केन्द्रीय सदस्य देवेन्द्र पाण्डे सागरले जानकारी दिए ।

जसपा परित्याग गर्नेहरुमा प्रदेशका सहइन्चार्ज मोहम्मद वकिल मुसलमान, सहइन्चार्ज चिनक कुर्मी, सहइन्चार्ज कमल खनाल, केन्द्रीय सदस्यहरु गोविन्द चौधरी, विष्णुहरि शर्मा, प्रदेश समितिका मुख्य सचिव एवं केन्द्रीय सदस्य यज्ञप्रसाद पोखरेल, सुरेन्द्र पटेल, कर्णध्वज केसी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्