नुवाकोट गठबन्धनमा समाजवादी पार्टीलाई माओवादीले धोका दिएकै हो- नेता लोहनी
काठमाडौं,साउन ७ । नेकपा एकीकृत समाजबादीलाई माओवादीले धोका दिएको एकीकृत समाजवादीका नेता राजेन्द्रप्रकाश लोहनीले बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै नेता लोहनीले यसबारे खुलासा गरेका हुन।
‘स्थानीय निर्वाचन, संसदीय निर्वाचन संगै जाने निर्णय त भएकै हो । समुचित स्थानमा पार्टी पुर्याउने एकैसाथ मिलेर जाने कुरा त भएकै हो तर अन्ततः त्यो देखिएन ।’ नेता लोहनीले भने -‘हामीसंग हातेमालो भैरहेको भनिएको माओवादीको चुनावी मैदानमा त्यो स्थिति देखिएन।’
उनले एक टिप्पणी सुनाउदै प्रश्न गरे- मत त हामीले पाकै हो, तर राम्रो पार्टी भएको भए हामीले जित्थ्यौ भन्ने सुनियो, के हामी ब्यक्तिवादी पछि लागेका छौ कि पार्टीपंक्तिका लागि ? आजैदेखि सोचौं अब अरुको भरोसामा नभई आफ्नो खुट्टा बलियो पारौं – नेता लोहनीले भने ।
संसदीय निर्वाचन नजिकिदै गइरहेको र आफ्नो पार्टी पंक्तिका नेताकार्यकर्ता एकजुट भइ लाग्न अनुरोध गर्दै नेता लोहनीले समाजवादी पार्टी नेकपा एमालेसंग पुनः मिल्ने नमिल्ने बारे पार्टी पंक्तिले जवाफ दिने बताए ।
कार्यक्रममा पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता झलनाथ खनालको उपस्थिति रहेको थियोे । नेता खनालले तत्काल कोहि कसैसँग मिल्ने र नमिल्नेबारे निर्णय नभएको बताए ।
भिडियो हेर्नुस्