ठूला ऋणीलाई थप कस्दै राष्ट्र बैंक, कर्जा उपयोग अनुगमनमा थप कडाइ गर्ने



काठमाडौं,साउन ७ । नेपाल राष्ट्र बैंकले बैंकबाट ठूलो ऋण लिने ऋणीमाथि थप कडाइ गर्ने भएको छ । मौद्रिक नीति २०७९/८० सार्वजनिक गर्दै राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ठूलो ऋण लिएका ऋणीमाथि थप कडाइ गर्ने घोषणा गरेको हो ।

बैंक तथा वित्तीय संस्थाबाट ठूला कर्जा उपभोग गर्दै आएका ऋणीहरुको पहिचान गर्न लार्ज एक्सपोजर फ्रेमवर्क कार्यान्वयन गर्ने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

साथै, ठूला ऋणीहरुले बैंकिङ्ग प्रणालीबाट उपभोग गरिरहेको कर्जाको अनुगमनलाई थप प्रभावकारी बनाउने पनि राष्ट्र बैंकको भनाइ छ । विद्यमान एकल ग्राहक कर्जासम्बन्धी
सीमालाई भने पुनरावलोकन गरिने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्