आउदो निर्वाचनबाट देशको नेतृत्व माओवादीले गर्ने प्रचण्डको दाबी
काठमाडौं,साउन ६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनबाट देशको नेतृत्व नेकपा माआवादी केन्द्रले गर्ने दाबी गरेका छन् ।
शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा बोल्दै आगामी संघ र प्रदेशको निर्वाचनमा माओवादीलाई देशको बागडोरको जिम्मा लिनबाट कसैले रोक्न नसक्ने बताएका हुन् ।
प्रचण्डले पार्टीमा पछिल्लो समय प्रवेश गर्ने नेता तथा कार्यकर्ताको संख्या बढीरहेको भन्दै यसले माओवादीलाई एकपटक पुनः सरकार सञ्चालनको जिम्मा दिने बेला आइरहेको बताए । प्रचण्डले माओवादीकै जोडबलमा शुक्रबार संघीय संसद बाट नागरिकताबारे निर्णय हुन लागेको समेत बताए ।