राष्ट्रियतामाथि गम्भीर खतरा छ : नेता खनाल



काठमाडौं,साउन ५ । नेकपा (एकीकृत समाजवादी) का सांसद एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले मुलुकको राष्ट्रियतामाथि गम्भीर खतरा मडारिरहेको बताएका छन् । बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् । 

सांसद खनालले एसपीपी लिन्न भनेर मन्त्रीपरिषद्ले निर्णय गरिसकेपछि पनि के कारणले पत्राचार गर्न रोकियो उनले प्रश्न गरे । देशको क्याबिनेटभन्दा बाहिर कार्यकारी अधिकार छ  र ? भन्दै उनले प्रश्न गरे । नेता खनालले एसपीपीको बारेमा अमेरिकालाई पत्र तत्काल लेखेर जनताको भावनाको कदर गर्न पनि सरकारसँग आग्रह गरे । 

उनले भने, ‘यतिबेला हाम्रो देशमा धेरै समस्याहरु गम्भीर बन्दै गएका छन् । मुलुकको राष्ट्रियता सामु अनेक प्रकारका खतरा मडारिरहेका छन् । हामीले एसपीपी लिन्नौँ भनेर भनिसकेका छौं । मन्त्रीपरिषद्ले पनि निर्णय गरेको छ । तर अहिलेसम्म पत्राचार के कारणले हुन नसकेको हो ?” 

प्रतिक्रिया दिनुहोस्