साताको तेस्रो दिन यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए-गुमाए
काठमाडौं,साउन ३ । साताको तेस्रो दिन शेयर बजारमा दोहोरो अकंको सुधार आएको छ । मंगबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १६.२० अकंले बढेर २०४५.६३ बिन्दुमा बन्द भएको छ ।
मंगलबार पूँजी बजारमा नेप्सेमा सूचीकृत २१३ कम्पनीको ५७ लाख १३ हजार २४८ कित्ता शेयर किनबेच भएको छ । नेप्सेमा सुधार आउदा कारोबार २ अर्ब २९ करोड ९३ लाख १६ हजार ३२६ रुपैयाँको कारोबार भएको छ ।
नेप्से दोहोरो अकंले बढ्दा आज इमर्जिङ नेपालका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । कम्पनीको शेयर आज ८.०१ प्रतिशतले बढेको हो । साथै, गणपति लघुवित्तको ६.९४ प्रतिशत, ग्रीन भेन्र्चसको ५.५४ प्रतिशत, आइसिएफसि फाइनान्सको ५.२७ प्रतिशत र गुहेश्वरी मर्चेन्ट बैंकको ४.८१ प्रतिशतले बढेको हो ।
त्यस्तै, आज सिभिल बैंक डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् । कम्पनीको शेयर ७.७५ प्रतिशतले घटेको हो । साथै, ग्लोबल आइएम बैंक डिबेञ्चरको ५.७० प्रतिशत, सनराइज बैंक डिबेञ्चरको ३.९१ प्रतिशत र आरबिबि म्युचुअल फण्ड १ को ३.२७ प्रतिशतले घटेको हो ।