गर्मीका कारण सिद्वार्थनगरका विद्यालयमा एकहप्ता बिदा
भैरहवा,साउन २ । अत्याधिक गर्मीका कारण रुपन्देहीको सिद्वार्थनगर नगरपालिका क्षेत्रभित्रका विद्यालय ७ दिन (एकहप्ता) बिदा गरिएको छ । नगरपालिकाले सूचना जारी गर्दै गर्मीका कारण विद्यार्थीको स्वास्थ्य र पठनपाठनमा प्रतिकुल असर पर्न सक्ने भन्दै गर्मी बिदा गर्ने निर्णय गरेको हो।
वर्षे विदाबाट कट्टी गर्ने गरी साउन ३ गतेदेखि ९ गतेसम्म ७ दिनका लागि सम्पूर्ण सामुदायिक, संस्थागत र धार्मिक विद्यालयमा विदा दिन नगरपालिकाका शिक्षा अधिकृत जाह्न्वी पाण्डेद्वारा जारी सूचनामा उल्लेख छ ।
वर्षायामको समय भएको तर पानी नपरेका कारण अत्याधिक गर्मी भई विद्यार्थीहरुको स्वास्थ्यमा नै प्रतिकुल असर पर्न सक्ने हुँदा विदा गरिएको सूचनामा भनिएको छ ।