भारतीय प्रधानमन्त्री मोदीलाई नभेटि स्वदेश फर्किंदै प्रचण्ड
काठमाडौं,साउन १ । भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता नहुने भएको छ । प्रचन्ड मोदीलाई नभेटि स्वदेश फर्किंन लागेका हुन ।
३ दिने भारत भ्रमणमा रहनु भएका प्रचण्ड र मोदीबीच आज आइतवार भेटवार्ता हुने तालिका रहे पनि अन्तिम समयमा भारतीय प्रधानमन्त्री मोदी व्यस्त रहेको भन्दै भेटवार्ता स्थगित भएको हो ।
प्रचण्ड आजै बेलुका नेपाल फर्किँदै छन् ।