नुवाकोट थान्सिङ मोटरसाइकल दुर्घटना: काठमाडौंबाट घर नपुग्दै अस्ताए करण



नुवाकोट, साउन १ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ६ स्थित थान्सिङ्ममा भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

शनिबार साँझ काठमाडौंबाट नुवाकोट घर आउदै गरेका २८ वर्षीय करण केसीको घर पुग्दा नपुग्दै सडक छेवैको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटनास्थलमै मृत्यु भएको लिखु गाउँपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सुमन भण्डारीले बताए ।

ना ६२ प ९५२१ नम्बरको मोटरसाइकल सवार स्थानीय अनिस  श्रेष्ठको भने ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल काठमाडौंमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

घटनाको बारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्