नेकपा एमाले नीतिगत बिचार सिद्धान्तमा हिड्न सकेको छैन- जितेन्द्र बिष्ट



काठमाडौं,असार ३२ । नेकपा एमालेका नेता तथा शिवपुरी गाउँपालिकाका नेकपा एमालेका प्रत्यासी उम्मेदवार जितेन्द्र बिष्टले नेकपा एमाले नीति बिचार र सिद्धान्तमा हिड्न नसकेको बताएका छन् ।

शनिबार राजधानीमा भएको एमाले निकट युवाहरूको भेलालाई सम्बोधन गर्दै नेता बिष्टले संगठनात्मक हिसाबले जिल्ला तहमा नेकपा एमाले जिर्ण बन्दै गएकाले बाहिरी भाषण र कार्यकर्ता बीचको यथार्थ धरातल फरक भएको बताएका हुन ।

आफुले शिवपुरी गाउँपालिकामा चुनाव लड्दै गर्दा केहि ब्यक्तिले अरुलाई गाली गर्दै आफू ओभानो बन्ने चेष्टा गरेको आरोप लगाए । गठबन्धनको मूल उद्देश्य एमाले हराउनु थियो, हराए । तर नेपाल कम्युनिस्ट पार्टी एमाले भित्रभित्रै कार्यकर्ता बीचको अन्तरद्वन्द समेत पहिचान गर्न नसकी आफै हार्न विवश बनेको बताए ।

‘एमालेका सिपाहीहरु, म भन्न विवश छु, अब हामीले खाएका सपथहरु, बाचा कसमहरु पूरा गर्नुछ भने हामीले आफैलाई सुधार गर्नुपर्ने समय आएको छ, यो सत्य कुरा हो।’नेता बिष्टले भने- मैले यसो भन्दै गर्दा यहाका युवा लक्षित कुरा व्यक्त गर्न खोजेको होइन, नेतृत्व र सतहका कार्यकर्ता, आस्थावान नागरिकलाई कसरी मन जित्न सक्छौ? त्यसतर्फ पार्टीको ध्यानाकर्षण गर्न चाहन्छु ।’

पछिल्लो समय ग्रामिण सुदुर बस्तीमा नेकपा एमालेप्रति दया देखाउने ठाउँ छैन भनी त्यहाँका स्थानीयले भनिरहदा नेतृत्व पंक्तिले आफुलाई सुधार्ने तर्फ पार्टी अगाडि बढ्न नसकेको बताए । आफू अगाडि बढ्दै गर्दा ताली बजाउने र पछाडिबाट धारे हात लगाउने प्रवृत्ति राजनीतिमा घुस्दै गएकाले जनताका प्रिय कसरी बन्ने त्यसतर्फ सोच्न पार्टी पंक्तिलाई अनुरोध गरे।

नेता बिष्टको भाषण हेर्नुस्

प्रतिक्रिया दिनुहोस्