अपर हेवाखोला हाइड्रोपावरको आईपीओ बाँडफाँट, १३ लाखको हात रित्तो



काठमाडौं,असार ३२ । अपर हेवाखोला हाइड्रोपावर कम्पनिको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडमा आज बिहान बाँडफाँट भएको हो ।

कम्पनीले असार २४ गतेदेखि असार २९ गतेसम्म निष्काशन गरेको आईपिओमा १४ लाख ५५ हजार ३८४ जनाले १ करोड ६० लाख ६० हजार ६१० कित्ताको लागि आबेदन दिएका थिए । जसमा दोहोरो आबेदनका कारण २ हजार ८११ जनाको ३४ हजार ६७० कित्ता बराबरको आबेदन रद्द भएको हो भने १४ लाख ५२ हजार ५७३ जनामा गोलाप्रथाबाट बाँडफाँड गरेको क्यापिटलले जनाएको छ ।
जसअनुसार १ लाख ३९ हजार ५०० जनामा प्रति आवेदक १० कित्ताका दरले १३ लाख ९५ हजार कित्ता बाँडफाँड भएको छ । यसरी यो आइपीओका लागि आवेदन दिएकामध्ये १३ लाख १३ हजार ५७३ बढीको हात रित्तो भएको छ ।

कम्पनीले निष्कासन गरेको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् ३० हजार कित्ता कर्मचारीहरूका लागि ५ प्रतिशत अर्थात् ७५ हजार कित्ता सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएकोमा र बाँकी १३ लाख ९५ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन खला गरेको थियो ।

कम्पनीलाई केयर रेटिङ नेपाल लिमिटेडले केयर–एनपी डबलबी ९आईएस० निष्कासनकर्ता रेटिङ्ग प्रदान गरेको छ । उक्त रेटिङ्गले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

प्रतिक्रिया दिनुहोस्