राजस्व १० खर्ब ३५ अर्ब



काठमाडौं,असार ३१ । सरकारले चालू आर्थिक वर्षमा ११ खर्ब ८० अर्ब रुपैयाँभन्दा बढी राजस्व उठाउने लक्ष्य राखेको थियो । सरकारको हिसाबकिताब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार आर्थिक वर्ष सकिन २ दिन बाँकी हुँदा १० खर्ब ३५ अर्ब रुपैयाँ संकलन भएको छ ।

कार्यालयका अनुसार सरकारले ११ खर्ब ८० अर्ब ६० करोड ४ लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकामा असार ३० सम्म १० खर्ब ३५ अर्ब ३९ करोड ४४ लाख रुपैयाँ संकलन गरेको छ । यो लक्ष्यको ८७ दशमलव ७ प्रतिशत हो । कार्यालयका अनुसार १० खर्ब ६७ अर्ब ९६ करोड २५ करोड बराबरको कर राजस्व संकलन गर्ने लक्ष्यमा हालसम्म ९ खर्ब ५७ अर्ब ४१ करोड ४४ लाख रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ८९ दशमलव ६५ प्रतिशत हो ।

गैरकर राजस्वतर्फ १ खर्ब १२ करोड ६३ करोड ७९ लाख बराबर संकलन गर्ने लक्ष्य राखेकामा हालसम्म ७७ अर्ब १९ करोड ७ लाख रुपैयाँ संकलन भएको छ । यो लक्ष्यको ६९ दशमलव २३ प्रतिशत बराबर हो ।

वैदेशिक अनुदानतर्फ ५९ अर्ब ९१ करोड ९९ लाख प्राप्त हुने लक्ष्यमा हालसम्म १३ अर्ब ८८ करोड ३३ लाख पुगेको छ । यो लक्ष्यको २३ दशमलव १७ प्रतिशत हो । आर्थिक वर्ष २०७८/७९ सकिन २ दिन बाँकी छ । यसबीचमा कर तथा गैरकर राजस्व थप केही बढ्न सक्छ । सरकारले सबै स्रोतबाट प्राप्त गरेको रकमको मात्रा लक्ष्यको ८८ दशमलव ४१ प्रतिशत बराबर छ ।

कार्यालयका अनुसार सरकारले लक्ष्यको ७८ दशमलव २२ प्रतिशत बराबर खर्च गरेको छ । चालू आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब ८२ करोड ९२ लाख रुपैयाँ खर्च गर्ने लक्ष्य राखेको थियो । हालसम्म १२ खर्ब ७७ अर्ब २० करोड रुपैयाँ खर्च गरेको छ ।

सरकारले यो वर्ष चालूतर्फ १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख रुपैयाँ खर्च गर्ने गरी बजेट ल्याएको थियो । त्यसमध्ये असार ३० सम्ममा ९ खर्ब ६१ अर्ब ४८ करोड २६ लाख रुपैयाँ खर्च भएको छ । यो लक्ष्यको ९० दशमलव २६ प्रतिशत हो । आर्थिक अभियानबाट

प्रतिक्रिया दिनुहोस्