हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्टको अवितरित हकप्रद शेयर बाँडफाँट



काठमाडौं,असार ३१। हाइड्रोईलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेडले बोलपत्रद्वारा निष्कासन गरेको संस्थापक समूहतर्फको अवितरित हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले शुक्रवार एक सूचना जारी गर्दै असार २४ गते उक्त हकप्रद शेयर बाँडफाँट गरेको जानकारी गराएको हो । 

बाँडफाँटमा नपरेको शेयर बापतको रकम आवेदन फारममा उल्लेख गरेको खाता नम्बरमा साउन १ गतेदेखि जम्मा गरिने विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जानकारी दिएको हो । 

कम्पनीले असार ५ गतेदेखि १९ गतेसम्म  ३ करोड ३० लाख कित्ता अवितरित हकप्रद शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा विक्री खुला गरेको थियो । उक्त शेयरको कटअफ मूल्य रू. १०० रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्