डा.भट्टराईसहित ९ जना जसपाबाट पदमुक्त
काठमाडौं,असार ३० । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पक्षले संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित ९ जनालाई कारबाही गरेका छन् । सोसँगै पदमुक्त समेत गरेको जनाएको छ ।
बिहीबार वीरगन्जमा बसेको यादव पक्षको केन्द्रीय समिति बैठकले पार्टी विभाजनमा लागेको आरोप लगाउँदै डा. भट्टराईसहित ९ जनालाई कारबाही गरेको जनाएको छ ।
पदमुक्त हुनेहरुमा डा. भट्टराई, कार्यकारिणी सदस्यहरू महिन्द्र यादव, हिसिला यमी, गंगानारायण श्रेष्ठ, प्रशान्त सिंह, दुर्गा शोव, रमेश यादव, भक्तबहादुर साह र दानबहादुर चौधरी रहेका छन् । यता भट्टराई पक्षधरले भने काठमाडौमा बैठक बसी पार्टीबाट अलग हुने यसअघि नै जनाएको थियोे ।