यी हुन् बुधबार शेयरमूल्यमा उच्च वृद्धि भएका ११ कम्पनी



काठमाडौं,असार ३० । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज बुधबार हरियाली छाएको छ । नेप्सेमा आज ५९.५४ अंकले बढेर एक हजार ९ सय ८६ दशमलब ८२ विन्दुमा बन्द भएको हो । 

त्यस्तै, आज नेप्सेमा दुई अर्ब ४ करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका ११ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । आज नेपाल फाइनान्स कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३०४.७० रुपैयाँ पुगेको छ भने रिलायन्स फाइनान्सको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ३०८ रुपैयाँ पुगेको छ ।  

नेप्सेका अनुसार बुधबार सिइडीबी हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९० प्रतिशतले बढेर प्रतिकित्ता ७५६ रुपैयाँ पुगेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको ९.९० प्रतिशतले बढेर प्रतिकित्ता ३०२ रुपैयाँ पुगेको छ ।  

त्यस्तै, सिटिजन्स म्युचुअल फण्डको शेयरमूलय ९.७६ प्रतिशतले प्रतिकित्ता ९.४५ रुपैयाँ, नबिल ब्यालेन्स फण्डको ९.४७ प्रतिशतले बढेर प्रतिकित्ता १०.२९ रुपैयाँ, कुमारी इकयुटी फण्डको ९.४१ प्रतिशतले बढेर प्रतिकित्ता ९.३०, ग्रिन डेभलपमेन्ट बैंकको शेयरमूल्य ९.३० प्रतिशतले बढेर प्रतिकित्ता २३५ रुपैयाँ, माउन्टेन हाइड्रो नेपालको शेयरमूल्य ९.२७ प्रतिशतले बढेर प्रतिकित्ता २८३ रुपैयाँ, ग्रिनलाइफ हाइड्रोपावरको शेयरमूल्य प्रतिकित्ता ३२३ रुपैयाँ र लक्ष्मी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य ९.३ प्रतिशतले बढेर प्रतिकित्ता १३३० रपैयाँ पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस्