अर्थ मन्त्रालयको खर्च बेरुज सबैभन्दा बढी, अन्य कुन मन्त्रालयमा कति?



काठमाडौं,असार २९ । महालेखा परीक्षकको कार्यालयले ५९ औँ वार्षिक प्रतिवेदन जारी गर्दै अहिलेसम्मको बेरुजु रकम ४ खर्ब ८३ अर्ब नाघेको जनाएको छ। महालेखा परीक्षकको कार्यालयले ५९ औँ वार्षिक प्रतिवेदन अनुसार सबैभन्दा बढी बेरुजु अर्थ मन्त्रालयको छ । अर्थ मन्त्रालको बेरुजु १९ अर्ब ९२ करोड ७० लाख रुपैयाँ रहेको छ। जसमा असुल गर्नुपर्ने १२ अर्ब ४८ करोड ५२ लाख र ७ अर्ब ४४ करोड ५ लाख रुपैयाँ नियमित गर्नु पर्ने प्रतिवेदनमा उल्लेख छ।

यसैगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बेरुजु ५ अर्ब ५७ करोड, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको ४ अर्ब ७५ करोड र सञ्चार मन्त्राललयको बेरुजु ३ अर्ब ८७ करोड रहेको छ।

यसैगरी कृषिको ३ अर्ब ४२ करोड, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १ अर्ब २२ करोड, रक्षा मन्त्रालयको १ अर्ब ९ करोड, शिक्षाको १ अर्ब ७ करोड, राष्ट्रिय पुननिर्माण प्राधिकरणको १ अर्ब ६ करोड, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ९९ करोड, गृहको ९२ करोड र अन्य ५४ अर्ब ५४ करोड ४९ लाख रुपैयाँ बेरुजु देखिएको हो।

प्रतिक्रिया दिनुहोस्