भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको छ : मेयर रेनु दाहाल
चितवन,असार २८ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले भरतपुरको शिक्षा क्षेत्रमा सोचेको भन्दा बढी विकास भएको बताएकी छिन ।
भरतपुर महानगरपालिकाका दुई वटा सामुदायिक विद्यालयलाई बस हस्तान्रण कार्यक्रममा मेयर दाहालले विगत ५ वर्षमा लक्ष्यभन्दा बढी शिक्षामा विकास भएको बताएकी हुन् ।
पूर्वाधारभित्रको पूर्वाधार शिक्षा भएकाले सामुदायिक विद्यालयहरुको गुणस्तर अभिवृद्धिको लागि महानगरले विभिन्न कार्यक्रमहरु गरी सामुदायिक विद्यालयतर्फ आर्कषण बढेको उल्लेख गरिन ।