चुनावी गठबन्धनको औचित्य छैन : कांग्रेस सभापति पुन



काठमाडौ,असार २८ । नेपाली कांग्रेसका लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले  चुनावी गठबन्धन औचित्यहीन रहेको बताएका छन। उनले स्थानीय चुनावमा पनि लुम्बिनी प्रदेशमा गठबन्धन सफल हुन नसकेको सुनाए। सोमबार केन्द्रीय समिति बैठकमा चुनावी रिपोर्टिङ गर्दै उनले भने,‘ ‘माओवादीले आफू बलियो भएको ठाउँमा गठबन्धनको नामै सुन्न चाहेन, गठबन्धनले हामीलाई भन्दा उनीहरूलाई धेरै फाइदा हुने हो, गठबन्धन गर्नैपर्ने भए व्यवहारिक गठबन्धन हुनु आवश्यक छ।’ 

प्रदेशका ४० स्थानीय तहमा गठबन्धन गरेपनि १६ तहमा मात्रै जित हासिल गरेको बताउदै काग्रेसले एक्लै चुनाबमा होमिदा धेरै ठाउँ जितेको उदाहरण पस्किए। ‘बरु ६९ पालिकामा एक्लै लड्दा ३२ पालिका जित्यौँ,’ उनले भने,’माओबादीसंगको गठबन्धनले हामीलाई फाईदा गरेन।’ सभापति अमरसिंह पुनले स्थानीय तहको चुनावमा आफूहरूको अधिकार केन्द्रबाट खोसिएको बताएका छन् ।

सोमबार केन्द्रीय समिति बैठकमा बोल्दै प्रदेश सभापति पुनले चुनावमा टिकट बाँड्ने अवसर नपाएको बताएका हुन् । पार्टी विधानसम्मत चल्नुपर्ने र अधिकार कटौती नगर्न उनले माग समेत गरे। बैठकमा रिपोर्टिङपछि प्रतिक्रिया दिदै पुनले पार्टी विधानसम्मत चल्नुपर्ने र  बिद्यानमा तोकिए बमोजिमकोअधिकार कटौती गर्न हुँदैन भनेर हामीले माग गरेका छौं,’ । राजनीतिक नियुक्ति गर्दा सबैलाई समेट्न र बजेट बाँडफाँडमा पनि समान व्यवहार गर्न पुनले माग गरे ।

‘राजनीतिक नियुक्त गर्दा सबैलाइ समेट्न र बजेट बाँडफाँड सबैमा समान गर्न माग गरेको सभापती पुनले जानकारी दिए । गठबन्धन गर्दा पनि प्रदेशमा कांग्रेस कमजोर भएको उनले बताए । माओवादीले प्रदेशमा गठबन्धनको नामै लिनसमेत नचाहेको उनले बताए । ‘चुनाव अगाडि मैले कांग्रेस भारतीय कांग्रेस बन्छ भनेको थिएँ । गठबन्धन गर्दा पनि धेरै सिट जित्न सकिएन , प्रदेशमा माओवादी बलियो छ , गठबन्धनको नाम लिन चाहेनन्, कमजोर ठाउँमा मात्र भयो ।’ उनले गठबन्धनको कार्यान्वयन हुन नसकेको भन्दै पार्टी एक्लै चुनाबमा होमिनुपर्ने  बिचार राखे। स्थानीय चुनावमा गठबन्धन गरिएको बारे नेपाली काँग्रेसका प्रदेश सभापतिहरू विभाजित देखिएका छन् । केहि प्रदेस सभापतीले आगामी चुनावमा पनि गठबन्धन नै गरेर जानुपर्ने सुझाव दिएका छन भने धेरैजसोको भने कांग्रेस गठबन्धनबिनै  चुनावमा जानुपर्ने मत छ।

प्रतिक्रिया दिनुहोस्