शेयर बजारमा उच्च गिरावट, यी कम्पनीको भयो सर्वाधिक कारोबार



काठमाडौं,असार २७ । साताको दोस्रो दिन शेयर बजारमा भारी गिरावट भएको छ । नेप्से अघिल्लो दुई कारोबारको दिन घटेको भए पनि यो साताको पहिलो कारोबारको दिन भने भारी गिरावट आएको हो । नेप्सेमा भारी अकंले घट्दा कारोबार समेत खुम्चिएको छ ।

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ७७.०१ अकंले घटेर १९१५.६१ बिन्दुमा बन्द भएको छ । शुक्रबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४.७१ अकंले घटेर १९९२.६१ बिन्दुमा बन्द भएको थियो ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर किनबेच हुदाँ २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २१७ कम्पनीको ३० लाख ६३ हजार ४७६ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १६ करोड ८४ लाख ५१ हजार ३९५ रुपैयाँको कारोबार भएको थियो ।

आज नेप्सेमा भारी अकंले घटेर कारोबार २ अर्बमा खुम्चिदा हिमालयन डिस्टलरीको शेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ११ करोड ४ लाख ३५ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै, एनआईसी एशिया बैंकको ८ करोड ७१ लाख ४५ हजार रुपैयाँ, अप्पर तामाकोशी हाइड्रोपावरको ८ करोड ४१ लाख २५ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्सको ८ करोड १७ लाख ३६ हजार रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ७ करोड ५१ लाख १६ हजार रुपैयाँका कारोबार भएको हो ।

प्रतिक्रिया दिनुहोस्