एकैदिन २५ अर्ब ५५ करोड रूपैयाँ भुक्तानी, आजदेखि भुक्तानी प्रणाली बन्द
काठमाडौं,असार २६ । आर्थिक वर्षको २०७८।०७९ को खर्च अन्तर्गत शनिबार (असार २५ गते) एकै दिन २५ अर्ब ५५ करोड रुपैयाँ सरकारी भुक्तानी भएको छ । योसँगै सरकारी खर्च १२ खर्ब ३७ अर्ब रुपैयाँ पुगेको हो ।
शनिबार सरकारी भुक्तानी नुहने भएपनि महालेखा नियन्त्रणले एक सूचना प्रकाशित गर्दै भुक्तानी गर्ने भनेको थियो । चालु आर्थिक वर्षमा १६ खर्ब ३२ अर्ब पूँजीगत खर्च मध्ये १२ खर्ब ३७ अर्ब ७० करोड रुपैयाँ खर्च भएको छ । कुल विकास खर्च १ खर्ब ८९ अर्ब भएको हो । यस आर्थिक वर्षमा सरकारले कुल प्राप्तिको १ खर्ब ७७ अर्ब बढी खर्च गरेको छ भने सरकारले १० खर्ब ६० अर्ब प्राप्ति गरेको छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ अनुसार सम्बन्धित कार्यालयलाई भुक्तानी प्रणाली बन्द हुने जानकारी महालेखा नियन्त्रक कार्यालयले दिएको छ । आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा ७ दिनअघि भुक्तानी निकासा बन्द गर्नुपर्ने ब्यवस्था अनुसार आजदेखि भुक्तानी प्रणाली बन्द भएको हो ।