बाजुराको बुढीगंगामा एमालेका उम्मेद्वार ३ हजार भन्दा बढी मतले अगाडी
काठमाडौ,असार २६ । स्थानीय तहको निर्वाचनमा बाजुराको बुढीगंगा नगरपालिकाको मेयर र उपमेयरमा नेकपा एमालेले करिब ३ हजार मतको अग्रता लिएको छ । निर्वाचन अधिकृतको कार्यालयकाअनुसार मेयरमा नेकपा एमालेका रामबहादुर बानियाँ र उपमेयरमा मायाकुमारी खड्काले करिव दोब्बर मतान्तरको अग्रता कायम राखेका छन्।
४ हजार ९६५ मत गणना हुँदा मेयरमा एमालेका बानियाँले ३ हजार ६४ मतसहित अग्रस्थानमा हुनुहुन्छ ।
यस्तै, उपमेयरमा एमालेकी कुवँरले ३ हजार १३ मतसहित अग्र स्थानमा हुनुहुन्छ । अन्तिम मतपरिणाम सार्वजनिक १, २, ९ र १० नम्बर वडामा नेकपा एमाले प्यानल सहित विजयी भएको छ ।