फिफा विश्वकप फुटबलको आधिकारिक प्रायोजकमा भिभो



काठमाडौं,असार २३ । कतारमा हुने फिफा विश्वकप २०२२ को आधिकारिक प्रायोजक स्मार्टफोन उत्पादक कम्पनी भिभो रहने भएको छ । भिभो फिफा विश्वकपको दुई संस्करणमा आधिकारिक प्रायोजक भइसकेको छ ।

यस वर्ष विश्वभरका फुटबलप्रेमीसँग अविस्मरणीय अनुभव आदानप्रदान गर्न प्रायोजक बन्ने घोषणा गरिएको भिभोले बताएको छ । फिफा विश्वकप फुटबल प्रतियोगिता आगामी  नोभेम्बर २१ देखि कतारका विभिन्न रंगशालामा हुनेछ ।

विश्वकप फुटबलमा साझेदारी गर्न पाउनु गर्वको विषय भएको कम्पनीले बताएको छ । भिभो नेपालका सीईओ माइकलले  ‘फिफा विश्वकप २०२२ कतार’सँगको सहकार्य भिभोका लागि सुखद क्षण हुने बताए । सुन्दर खेल भनेर चिनिने फुटबलसँग विश्वभरका अर्बौंलाई आनन्द प्रदान गर्ने र एकसाथ ल्याउन सक्ने शक्ति रहेको उनको भनाइ छ । ‘यसको साँच्चिकै विश्वव्यापी पहुँच छ । सबैलाई प्रभाव पार्ने र प्रेरित गर्ने क्षमता राख्दछ,’ उनले भने, ‘जसले फिफा विश्वकप कतार २०२२ लाई भिभोका लागि एक आदर्श मञ्च समेत प्रदान गर्दै छ ।’

प्रतिक्रिया दिनुहोस्