अर्थमन्त्री शर्माद्वारा राजीनामा
काठमाडौं,असार २२ । अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन । बुधबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै शर्माले पदबाट राजीनामा दिएका हुन् ।
उनीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष समिति गठन भएको श्रोतले जनाएको छ ।
उनिमाथि बजेट घोषणाको अघिल्लो रात जेठ १४ गते अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करका दर हेरफेर गरेको आरोप लागेको छ भने प्रमाणका रूपमा रहेको सीसीटीभी फुटेज अर्थ मन्त्रालयका उच्च अधिकारीकै मिलेमतोमा ‘डिलिट’ गराइएको पनि आरोप लागेको छ ।