पौडी खेल्न गएका दुई बालकको पोखरीमा डुबेर मृत्यु
धनकुटा,असार ११। धनकुटामा पोखरीमा डुबेर दुई जना बालकको मृत्यु भएको छ । पोखरीमा पौडी खेल्ने क्रममा दुई बालको मृत्यु भएको हो ।
धनकुटा नगरपालिका ५ का १५ वर्षीय स्वर्णिम राई र धनकुटा नगरपालिका २ का १५ वर्षीय उदय राईको मृत्यु भएको प्रहरीले जनाएको छ।
धनकुटा नगरपालिका–६ पात्लेखोला किनारामा रहेको धनकुटा एग्रो टुरिजम फन एण्ड भ्यालीले पर्यटकका लागि बोटिङ गर्न र माछापालनका लागि बनाएको पोखरीमा डुबेर शनिबार दिउँसो उनीहरुको मृत्यु भएको हो।पानीमा डुबेका दुबै जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।