नुवाकोट बेलकोटगढी नगरपालिकाले ल्यायो ९७ करोड ९६ लाखको बजेट



नुवाकोट,असार १० । जिल्लाको बेलकोटगढी नगरपालिकाले ल्यायो ९७ करोड ९६ लाखको बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

“समृद्ध वेलकोटगढीको आधार – स्वास्थ्य, शिक्षा, कृषि एवं पर्यटन सहितको पूर्वाधार” भन्ने नारालाई टेकेर जिल्लाको वेलकोटगढी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो । नगरपालिका उपप्रमुख शिवप्रसाद दाहालले शुक्रबार आठौ नगरसभामा आगामी आर्थिक वर्षको बजेट ९७ करोड ९६ लाख ६० हजार रुपैयाँको बजेट प्रस्तुत गरेका थिए ।

संघिय र प्रदेश सरकारको अन्तर सरकारी बितीय हस्तान्तरणका लागि विनियोजित सशर्त अनुदान ३३ करोड ३६ लाख ६० हजार रुपैयाँ संघ र प्रदेशबाटै बाडफाड भई आएकोले कुनै हेरफेर नगरी सोही बमोजिम हुने गरी नगरसभामा पेश गरिएको उपप्रमुख शिव दाहालले जानकारी दिनुभएको छ । कुल बजेट ९७ करोड ९६ लाख ६० हजार रुपैयाँमा सशर्त अनुदान घटाउदा ६४ करोड ६० रुपैयाँ  बाँकी रहने छ । बाँकी रहने उक्त रकम मध्ये चालु तर्फ २० करोड ७३ लाख रुपैयाँ र पूजिगत तर्फ ४३ करोड ८७ लाख रुपैयाँ विनियोजन गरिएको उपप्रमुख शिवप्रसाद दाहालले प्रस्तुत गरेको बजेटमा उल्लेख गरिएको छ ।

यस्तै, नगरपालिका प्रमुख जगतबहादुर गुरुङले प्रस्तुत गरेको निति तथा कार्यक्रम नगरसभाले सर्बसम्मत पारित गरेको छ । नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुदै नगरप्रमुख गुरुङले नगर भित्रको सबै स्वास्थ्य चौकीमा ल्याब र प्रसुती सेवा विस्तार गरी जेष्ठ नागरिक, द्धन्द पीडित, शहिद परिवार र दीर्घ रोगीहरुलाई निशुल्क स्वास्थ्य सेवाको विस्तार गरिने बताएका छन् । घरमा नै हुने सुत्केरी दरलाई सून्यमा ल्याउन र  मातृशशिशु मृत्युदर न्यूनिकरण गर्न नगरपालिकाले विशेष कार्यक्रम ल्याएको भन्दै नगरप्रमुख गुरुङले राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका र स्वास्थ्य कर्मीहरुलाई उत्प्रेरित र प्रोत्साहित गरी गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा जोड दिइने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्