एनआईसी एशियाद्वारा बीमाबापत ३० लाख भुक्तानी
काठमाडौं,असार ७। एनआईसी एशिया बैंकले बचत खातामा उपलब्ध घातक रोगको बीमाबापतको ३० लाखरुपैयाँ भुक्तानी गरेको छ । बैंकले ‘सर्वश्रेष्ठ बचत खाता’ तथा ‘न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता’ योजना अन्तर्गत खाता खोलेका तीनजना ग्राहकलाई प्रतिव्यक्ति १० लाखका दरले भुक्तानी गरेको हो ।
बीमा लाभ प्राप्त गर्नेमा बैंकको इलाम शाखामा खाता खोलेकी रेनु देवी चौधरी, कुलेश्वर शाखामा खाता खोलेका पुष्कर सापकोटा र सामाखुशी शाखामा खाता खोलेकी विमला दाहाल रहेको बैंकले बताएको छ । उनीहरूलाई नेपाल इन्स्योरेन्स र नेको इन्सुरेन्ससँगको सहकार्यमा बीमा रकम भुक्तानी गरिएको बैंकले जानकारी दिएको छ ।
बैंकको बचत खातामा उपलब्ध बीमा सुरक्षण योजना अन्तर्गत हालसम्म देशभरका १ हजार ६० भन्दा बढी ग्राहकका लागि घातक रोग बीमाबापत रू. २ करोड १० लाख, दुर्घटना बीमाबापत रू. ४० लाख र मेडिकल बीमाबापत रू. २ करोड ६१ लाख गरी कुल रू. ५ करोड ११ लाख रुपैयाँ भुक्तानी गरिएको बैंकले बताएको छ ।