उताप-चडावका बीच यी कम्पनीको भयो आज सर्वाधिक कारोबार
काठमाडौं,असार ६ । साताको दोस्रो दिन नेप्सेमा भारी गिरावट आएको छ । केही महिना यता निरन्तर ओरालो लागेको शेयर बजारमा आजै सुधार आउन सकेको छैन । बजेट पछि सुधार आउने आंकलन गरी शेयर बजार त्यस यता झन भारी गिरावट आएको हो ।
सोमबार नेप्से परिसूचक ४९.३१ अकंले घटेर १८८४.८१ बिन्दुमा बन्द भएको छ । आइतबार भने नेप्से परिसूचक ३७.२७ अकंले घटेर १९३४.११ बिन्दुमा बन्द भएको थियो ।
आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २३० कम्पनीको ६१ लाख ८६ हजार ९४१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब ७५ करोड ६ लाख १७१ रुपैयाँको कारोबार भएको छ । अघिल्लो कारोबारको दिने भने पूँजी बजारमा नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ६६ हजार ८९१ कित्ता शेयर किनबेच हुदाँ १ अर्ब १३ करोड ४० लाख ९१ हजार २१२ रुपैयाँको कारोबार भएको थियो ।
सोमबार नेप्सेमा भारी गिरावट आए पनि कारोबार भने केही महिना यता भन्दा सुधार देखिएको छ । आज प्रभु बैंकको संस्थापक शेयरको सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ११ करोड ८३ लाख २० हजार रुपैयाँ कारोबार भएको हो ।
साथै, एनटिसीको १० करोड ९२ लाख २६ हजार रुपैयाँ, हिमालयन डिस्टलरीको ५ करोड ७३ लाख ५५ हजार रुपैयाँ, एनआइसी एशिया बैंकको ४ करोड ३५ लाख ७३ हजार रुपैयाँको कारोबार भएको हो ।