म जनताको वडा अध्यक्ष हु, झोर विकासमा लागि सबै लागि परौ- वडाध्यक्ष लामिछाने



काठमाडौं, असार ४ । टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्ष रमेशकुमार लामिछानेले चुनावमा जीत हासिलसंगै समग्र झोरवासीको सेवामा लागि परेको बताएका छन् ।

झोरमा निर्माणका चरणमा रहेको प्राविधिक शिक्षालयको शिलान्यास समारोहमा बोल्दै लामिछानेले झोरमा भर्खरै विकासको गति लिने सन्दर्भमा शिक्षा स्वास्थ्य जस्ता सबै दलको राजनैतिक एजेन्डा बन्दै गएको तर पुर्णताको सवालमा कतिपय कामले पूर्णता लिन नसकेकाले आफ्नो कार्यकालमा पुरा गराएरै छाड्ने बताए ।

‘आज मेयर साव पनि जनताको मेयर बनिसकेकाले जनतामुखी बन्नुपर्ने र आफू पनि काङ्ग्रेसको कार्यकर्ता नभई समग्र झोरबासीको अध्यक्ष भैसकेकाले राजनीतिबाट बाहिर रहेर समग्र नागरिकको हितमा लागिपर्ने बताए । नागरिकमुखी बनी माटोको कसम खाई यहाँका भौतिक पुर्वाधार निर्माण तथा सुन्दर झोर निर्माणका लागि अनवरत लागि पर्ने बताए ।

भिडियो हेर्नुस्

प्रतिक्रिया दिनुहोस्