भरतपुर पाँच वर्षमा हिलो र धुलोमुक्त भयो, अब उत्पादन तर्फ ध्यान दिऔं: प्रचण्ड



चितवन,असार ३ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भावी विकासका लागि सबैले दिएको सुझाव मार्ग निर्देशको रुपमा आफुले अनुसरण गर्ने बताएका छन् ।

भरतपुर महानगरपालिकाको आगामी कार्यदिशा विषयक अन्तरक्रियामा चितवन पुगेका प्रचण्डले भरतपुरलाई समृद्ध बनाउन सबै लागी पर्नुपर्ने बताए ।

सुझावहरूलाई मार्मिक रूपमा लिएर नीति तथा कार्यक्रममा समावेश गर्नका लागि सुझाव दिँदै आफूलाई निर्वाचित गर्नेहरूलाई यी कोही हैनन् भन्ने सोचले आफूहरूलाई पछाडी धकेली रहेका कारण मतदाताहरूलाई सत्यतथ्य बुझ्न अनुरोध गरे ।

जनताका कुरा सुन्न जनप्रतिनिधिलाई सुझाव दिँदै उनले भने, ‘नियमित रूपमा जनताका कुरा सुन्ने, जनसहभागिता सुनिश्चित गर्ने कार्य गरे हरेक विकासका कार्यहरूमा जनतालाई अपनत्व हुने भएकाले त्यस पछि मात्र विकासलाई सहजता हुने हुँदा जनताका कुरा सुन्न र हरेक काममा जनसहभागिता गराउन सुझाव दिन्छु ।

उनले आफूपनि चितवनकै जनप्रतिनिधि भएकाले भौतिक विकासका लागि पहल गरेको र धेरै सडकहरू कालोपत्रे भएको हुँदा यहाँका जनताहरु हिलो धुलो बाट मुक्त भएकाले अबको समयमा सडक मात्र केन्द्रित नभएर उत्पादनमा जोड दिनु पर्ने सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्