गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला : संघ सरकारको साढे २२ करोड बजेट, बागमतीको ५ करोड
काठमाडौं,असार २ । धुर्मुस-सुन्तली फाउण्डेसनले चितवनको भरतपुरमा निर्माण सुरु गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बाँकी काम स्थानीय, प्रदेश र संघ सरकारको सहकार्यमा पूरा गरिने भएको छ।
आर्थिक अभावका कारण निर्माण रोकिएको सो क्रिकेट रंगशालामा संघ सरकारले आउदो आर्थिक वर्षका लागि २२ करोड ५० लाख विनियोजन गरिसकेको छ।
प्रदेशले पनि आगामी आर्थिक वर्षका लागि सोही रंगशालामा ५ करोड विनियोजन गरेको छ। बागमतीका आर्थिक मामिलामन्त्री शालिकराम जम्मरकट्टेलले प्रस्तुत गरेको बजेटमा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला सम्पन्न गर्न भरतपुर महानगरपालिकासँग सहकार्य गर्न ५ करोड छुटाएको छ’।