भरतपुरमा शौचालय अनुगमन



चितवन,असार १ । भरतपुरमा निर्माण भईरहेको सार्वजनिक शौचालयको अनुगमन गरिएको छ ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालको नेतृत्वमा गएको टोलीले शौचालयलाई छिटोभन्दा छिटो सञ्चालनको लागि यसको वर्तमान अवस्थाबारे जानकारी लिन अनुगमन गरिएको हो ।

महानगरपालिकाको लगानीमा भरतपुरको गोन्द्राङ, भरतपुर अस्पताल परिसर र भरतपुर विमानस्थलचोकमा शौचालयहरु निर्माणधिन अवस्थामा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्