प्यूठानमा सचेतना जगाउँदै सशस्त्र प्रहरी बल



प्युठान,जेठ ३० । सशस्त्र प्रहरी बल नेपाल प्यूठानले बिद्यालयहरुमा सचेतना अभियान सञ्चालन गरेको छ । सशस्त्र प्रहरीले जिल्लामा लागु औषध दुर्व्यसन, साइबर क्राइम, बाढी पहिरो, सडक दुर्घट्ना लगायतका समसामयिक विषयहरुमा समुदायमै गएर सचेतनामुलक कक्षाहरु संचालन गर्न सुरु गरेको हो।

गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक योग्य बस्नेतले सोमवार बिजुवार स्थित कालिका सेकेण्डरी इङ्लिस बोर्डिङ स्कुलमा लागु औषध दुर्व्यसन लगायतको विषयमा कक्षा संचालन गर्नु भएको हो।साइबर क्राइम र लागु औषध दुर्व्यसनी जस्ता दीर्घकालीन असर गर्ने कुरामा बिद्यार्थीहरूलाई सचेत गराउने उद्देश्यले कार्यक्रम गरिएको गुल्मपति बस्नेतले बताए ।

यो कार्यक्रम जिल्लाका अन्य विद्यालयहरुमा समेत पुर्याउने लक्ष्य रहेको सशस्त्र प्रहरी बल नेपाल प्यूठानले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्