नुवाकोट बेलकोटगढी नगरपालिकाले तत्काल सातवटा एम्बुलेन्स किन्ने निर्णय
नुवाकोट,जेठ २९ । जिल्लाको बेलकोटगढी नगरपालिकाले तत्काल ७ वटा एम्बुलेन्स किन्ने तत्काल निर्णय गरेको छ ।
नगरपालिकाको ५१ औं नगर सभा तथा नवनिर्वाचित मेयर जगतबहादुर गुरुङको अध्यक्षमा बसेको पहिलो बैठकले सो निर्णय गरेको हो ।
निर्वाचनका बेला स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर काम गर्ने घोषणा मुताबिक नगरवासीलाई सेवा प्रदान गर्न छिट्टै ७ वटा एम्बुलेन्स खरिद गर्ने नगर कार्यपालिकाको पहिलो बैठकले निर्णय गरेको नगर प्रमुख गुरुङले जानकारी दिए ।
‘एउटा एम्बुलेन्स नगरले राख्नेछ भने १३ वटा वडामा ६ वटा एम्बुलेन्सले नागरिकलाई सेवा प्रदान गर्ने योजनालाई कार्यपालिकाको बैठकले अनुमोदन गरेको छ,’ लामाले भने ।