नुवाकोटमा जिसस प्रमुख ठकुरीद्वारा शपथग्रहण, सबै निर्विरोध निर्वाचित
विदुर,जेठ २७ । जिल्ला समन्वय समिति नुवाकोटका पदाधिकारीले पद तथा गाेपनियता शपथ ग्रहण गरेका छन् । यस अघि जिल्ला समन्वय समिति नुवाकोटको प्रमुख, उपप्रमुख र सदस्यका पदाधिकारीहरु सबै निर्विराेध निर्वाचित भएकाे हो ।
जिल्ला समन्वय समिति प्रमुखमा रजिन्द्रविक्रमसिंह ठकुरी र उपप्रमुखमा दलबहादुर तामाङलगायत ७ जना सदस्यले शुक्रबार पद तथा गोपनियताको शपथ लिएका हुन ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय विदुरमा आयोजित एक समाराेहबीच मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश उमेशप्रसाद लुइँटेलले जिसस प्रमुख ठकुरी लगायत उनका टीमलाई शपथ ग्रहण गराएका हुन् ।