इन्भेष्टमेन्ट र मेगा बैंकविच मर्जरमा समझ्दारी हुने, हिमालयन-सिभिलकाे स्वाप रेस्याेमा छलफल
काठमाडाैं,जेठ २७ । नेपाल इन्भेष्टमेन्ट बैक र मेगा बैकविच मर्जरकाे लागी एमओयू हुने भएकाे छ । दुई बैंकविच गत मंगलबार नै शुक्रबार सेयर बजार बन्द भएपनि एमओयू गर्ने गरी ड्राफ फाईनल भएकाे हाे ।
इन्भेष्टमेन्ट बैंककाे १ कित्ता सेयर बराबर मेगाकाे ०.९० कित्ता सेयर हुनेगरी मर्जरमा सम्झाैता हुन लागेकाे हाे । आज शुक्रबार साँझ मेगा र इन्भेष्टमेन्ट बैंकका संचालकहरूविच एमओयूमा हस्ताक्षर कार्यक्रम रहेकाे छ ।
गत चैतमा हिमालयन बैंकसँग मर्जर भाँडिएपछि इन्भेष्टमेन्ट बैंकले मेगा बैंकलाई प्रश्ताव गरेकाे थियाे । मर्जरपछि बैंककाे सीईओ र अध्यक्ष इन्भेष्टमेन्ट बैंकबाटै हुने सहमती भएकाे छ भने नयाँ संचालक समितिमा दुई बैकबाट ३ जना रहनेछन् ।
मर्जपछि बैंककाे नाम इन्भेष्टमेन्ट बैंकनै रहनेछ भने बैंककाे पुँजी ३० अर्व बढि हुनेछ । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ पुगेको छ भने मेगा बैंकको १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ रहेको छ ।
एनआईबिएल बैंकको कर्जा १ खर्ब ७३ अर्ब ४६ करोड १९ लाख ९६ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको १ खर्ब ५० अर्ब ४५ करोड ९३ लाख ४४ हजार रुपैयाँ रहेको छ ।
चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको निक्षेप १ खर्ब ८० अर्ब २ करोड १३ लाख ४४ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको १ खर्ब ४७ अर्ब ५९ करोड ९० लाख २३ हजार रुपैयाँ रहेको छ ।
नेपाल इन्भेष्टमेन्टसँग मर्जर टुटाएकाे हिमालयन बैंकले पनि सिभिल बैक गाभ्न लागेकाे छ । छिट्टै एमओयू गर्ने बारे छलफल चलेकाे हाे । सिभिलले हिमालयनसँग ९५ रूपैयाँ स्वाप मागेकाे छ । हिमालयनले ८० रूपैयाँ प्रश्ताव गरेकाे छ । छिट्टै यी दुई बैंककाे पनि एमओयू हुने बताइएकाे छ ।