आठ रूपैयाँले बढ्यो पेट्रोलको मुल्य, डिजेल र मट्टीतेलमा १२ रूपैयाँ वृद्धि
काठमाडौं,जेठ २६ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेको छ ।
आज बसेको निगमको वैठकले पेट्रोलको मूल्य ८ रूपैयाँले वृद्धि गरेको छ भने, डिजेल र मट्टीतेलको रूपैयाँमा १२ रूपैयाँले वृद्धि गरेको छ ।
त्यसैगरी मुल्यवृद्धि पश्चात् पेट्रोलको मूल्य १७८ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १६५ रूपैयाँ कायम गरिएको छ ।
त्यसैगरी खाना पकाउने ग्यास र एलपी ग्यासको मूल्य यथावत रहेको निगमद्वारा जारी सुचनामा उल्लेख गरिएको छ ।