इरानमा रेल दुर्घटना कम्तीमा दशको मृत्यु
एजेन्सी,जेठ २५ । मध्य इरानमा बुधबार बिहान मशहद र याजद सहरहरू बीचको लाइनमा रहेको ताबासनजिकै रेल पटरीबाट खस्दा कम्तीमा १० जनाको मृत्यु भएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यममले जानकारी दिएको छ ।
घटनामा दश जनाको मृत्यु भएको छ र अरु धेरै घाइते भएका राष्ट्रिय उद्धार सेवाका प्रवक्ता मोजताबा खालेदीले सरकारी टेलिभिजनलाई उद्धृत गर्दै भन्नुभएको छ । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई अस्पतालमा भर्ना गरिएको उहाँले थप जानकारी दिनुभएको छ ।
इरानको सरकारी स्वामित्वमा रहेको रेलवेका उपप्रमुख मिर हसन मुसावीले उक्त रेलमा ३४८ जना यात्रु सवार रहेका सरकारी सञ्चार माध्यमलाई बताउनुभएको छ । ट्याकनजिकै रहेको “एउटा उत्खननकर्तालाई ठक्कर दिएपछि पटरीबाट खसेको उहाँले बताउनुभएको छ ।