‘सफा हिमाल अभियान २०२२’ सम्पन्न



काठमाडौं,जेठ २४ । नेपाली सेनाको नेतृत्वमा सञ्चालित ‘सफा हिमाल अभियान २०२२’ सम्पन्न भएको छ । सेनाको अगुवाइमा रोटरी क्लब अफ नागार्जुन तथा विभिन्न दातृ निकायसँगको समन्वयमा सञ्चालित सफा हिमाल अभियानको तेस्रो संस्करण सम्पन्न भएको हो ।

कोकाकोला फाउन्डेशनले विश्व वातावरण दिवसको अवसरमा आइतवार कार्यक्रम सम्पन्न गरेको हो । समापन कार्यक्रममा वातावरण विभागका महानिर्देशक गोपालप्रसाद अर्याल लगायत सरोकारवाला संस्थाका प्रतिनिधिको सहभागिता थियो ।

सफा हिमाल अभियान २०२२ अन्तर्गत सगरमाथा, ल्होत्से, कञ्चनजंघा र मनास्लु हिमालबाट ३३ हजार ८०० केजीभन्दा बढी फोहोर संकलन गरिएको बताइएको छ । त्यसमध्ये ७ हजार २२७ केजी कुहिने फोहोर र २६ हजार ६५० केजी नकुहिने फोहोर रहेको नेपाली सेनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्