नुवाकोट शिवपुरीमा जागरुक कृषि सहकारीद्वारा कृषकलाई मिनिटेलर वितरण
नुवाकोट,जेठ २३ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ८ मा रहेको जागरुक कृषि सहकारी केन्द्रले किसानलाई मिनिटेलर वितरण गरेको छ ।
कृषि केन्द्रसंग आबद्ध २० जना कृषकलाई प्रति १ वटा मिनिटेलर वितरण गरिएको जागरुक कृषि सहकारीका रामप्रसाद पुडासैनीले बताए ।
मिनिटेलरको मूल्य ४७ हजार पर्ने भएतापनि किसानलाई ५०% अनुदानमा वितरण गरिएको नमुना कृषक समेत रहेका पुडासैनीले बताए । धान उत्पादन अन्तर्गत २० कृषकलाई सो मिनिटेलर वितरण गरिएको उनले बताए ।