एकीकृत समाजवादीले सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने
काठमाडौं,जेठ २२ । एकीकृत समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीहरुलाई फिर्ता बोलाउने भएको छ । सो पार्टीको सचिवालय बैठकले यस्तो निर्णय गरेको सम्मानित नेता झलनाथ खनालले जानकारी दिए ।
उनका अनुसार आजको बैठक यस्तो निर्णय गरेको हो। प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेर भोलि नै निर्णय कार्यान्वयन हुने उनको भनाइ थियो । आइतबार बसेको सचिवालय बैठकपछि उपमहासचिव गंगालाल तुलाधरले शीर्ष नेताहरुले आवश्यक परे हेरफेरको निर्णय गर्ने बताए ।
“हामी छलफल गरिरहेका छौं । मन्त्रीहरूलाई ६ महिना भनेर पठाएका थियौं, ६ महिनाभन्दा बढी भइसक्यो उहाँहरूसँग बसेर समीक्षामा छौं ,” उनले भने,“शीर्ष नेताहरूबीचमा बसेर छलफल गरी समझदारी बनाउँछौं । कति हेरफेर गर्ने उनीहरुबारे शीर्ष नेताले नै गर्नेछन् ।”
खासगरी अध्यक्ष माधव कुमार नेपालले यसबारे निर्णय गर्ने उनले बताए ।