जग्गा चलान, घर ढलान नीतिले प्राकृतिक सम्पदाको संरक्षण हुँदैन- नेता पोखरेल



काठमाडौं,जेठ २२ । नेकपा एमालेका नेता इश्वर पोखरेलले सार्वजनिक जग्गा हड्प्ने प्रवृत्तिले पछिल्लो समय काठमाडौं उपत्यकाबासीले हैरानी ब्यहोर्नु परेको बताएका छन् ।

टोखा नगरपालिकाको समग्र निति, योजना, कार्यक्रम तथा बजेट तर्जुमाका लागि सल्लाह- सुझाव संकलन कार्यक्रमलाई सम्बोधन गर्दै नेता पोखरेलले आफ्नो वरपर रहेका सार्वजनिक जग्गाबारे सबैले चासो राख्नुपर्ने बताएका हुन।

नेता पोखरेलले आफू समेत टोखा नगरपालिकाको नागरिकको हैसियतले टोखामा पानीको समस्या अझै विकराल रहेको बताए । मेलम्चीको खानेपानी र स्थानीय श्रोतको पानी समग्र टोखाबासीले मिलेर प्रयोग गर्नुपर्ने बताएका छन् ।

कतिपय संरचना मापदण्ड विपरीत बनेको बताउदै नेता पोखरेलले त्यसो हुनुमा स्थानीय नागरिक र जनप्रतिनिधि दोषी रहेको बताए । ‘कुनैपनी पार्टीको नेताको सिरानी लाएर जनताको हित विपरीत कामहरु भैरहेका छन्’-पोखरेलले भने-नेता कार्यकर्ताले गरेको चाप्लुसीका कारण आम नेपालीले समस्या भोग्नुपरेको छ ।’ यस्ता गतिविधिलाई सबैले बहिष्कार गर्नुपर्ने बताए ।

म मेयर सावलाई भन्न चाहन्छु-त्यो संघीय सरकारको मापदण्ड भन्दा स्थानीय सरकारकै आवश्यक अनुसार काम होला, यो सधैभरी सबैको अगाडि नाइस टु अल त हुन नसकिएला तर मापदण्डको नाममा उदारता नपनाईयोस, यदि अटेर बन्दा भावी सन्ततिको झन बिजोग हुनेछ ।

सो कार्यक्रममा विभिन्न राजनीतिक पार्टी कार्यकर्ता, शिक्षा, स्वास्थ्य लगायतका अगुवा पंक्तिका नेता गणको उपस्थिति रहेको थियोे ।

भिडियो हेर्नुहोस

प्रतिक्रिया दिनुहोस्