निजगढ विमानस्थल कुनै हालतमा रोकिँदैन : अर्थमन्त्री



वीरगञ्ज,जेठ २२ । अर्थमन्त्री जनार्दन शर्माले बाराको निजगढमा अन्तरराष्ट्रिय विमानस्थल बन्नेमा शंका नगर्न आग्रह गरेका छन् । वीरगञ्ज उद्योग वाणिज्य संघको ४६औं साधारणसभा उद्घाटन सत्रमा अर्थमन्त्री शर्माले निजगढ विमानस्थल निर्माण गरिछाड्ने बताएका हुन् ।

सर्वाेच्च अदालतले नबनाउन आदेश दिए पनि विमानस्थल जसरी पनि निर्माण हुने शर्माले बताए । ‘निजगढ विमानस्थलको काम कुनै पनि हालतमा रोकिँदैन । सरकारले विमानस्थललाई बजेटसमेत छुट्ट्याएको छ,’ उनले भने, ‘यसमा कुनै आशंका नगर्न र विश्वस्त हुन म आग्रह गर्छु ।’

मन्त्री शर्माले वीरगञ्जको चिनी कारखाना र कृषि औजार कारखाना पनि सञ्चालनमा ल्याइने बताए । विगतमा यी कारखाना सञ्चालनको विषय भन्नकै लागि मात्र भए पनि अहिलेको सरकारले चलाउनकै लागि तयारी गरेको उनको भनाइ छ ।

सरकारले कृषि उत्पादन र कृषिमा आधारित औद्योगिकीकरणलाई प्राथमिकतामा राखेको भन्दै मन्त्री शर्माले कृषिमा आधारित चिनी र कृषि आधुनिकीकरणका लागि चाहिने कृषि औजार कारखाना सञ्चालन गर्न लागिएको बताए ।

सरकारी स्वामित्वका यी दुवै कारखाना वर्षौंदेखि बन्द छन् । चिनी कारखानाको हातामा अहिले अदालत र सशस्त्र प्रहरीको कार्यालय छ । अर्थमन्त्री शर्माले अदालत र सशस्त्र प्रहरी कार्यालय त्यहाँँबाट हटाएर कारखाना चलाइने स्पष्ट पारे ।  

बजेटमा वीरगञ्जलाई विभेद गरिएको भन्ने गुनासोको अर्थमन्त्री शर्माले प्रतिवाद गरे । योजनामा रहेको निजगढ विमानस्थल र काठमाडौं–तराई द्रुतमार्ग वीरगञ्जकै सम्भावनासँग जोडिएको उनको तर्क छ । द्रुतमार्गको कामलाई गति दिन आगामी आर्थिक वर्ष २०७९/८० का लागि ३० अर्ब रुपैयाँ छुट्ट्याइएको भन्दै उनले आर्थिक समृद्धिको दिशामा अगाडि बढ्न तहगत सरकारबीच समन्वय र सहकार्यको आवश्यकता औंल्याए ।  

बारा र पर्सामा नयाँ औद्योगिक क्षेत्रको आवश्यकताबारे निजीक्षेत्रको मागमा सरकार सकारात्मक भएको शर्माले बताए । यसमा एउटा निश्चित क्षेत्र तोकेर प्रस्ताव ल्याउन आग्रह गरे ।

वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्ताले कानूनअनुसार कुनै पनि व्यवसायमा २० प्रतिशतसम्म नाफा लिन पाउने भएकाले वाणिज्य बैंकहरूले पनि आधार दरको २० प्रतिशतभन्दा बढी प्रिमियम लिन नपाउने व्यवस्थाको माग गरे ।

उधारो कारोबारले ल्याएको आर्थिक समस्या र दबाब कम गर्न उधारो असुलीसम्बन्धी कानूनको आवश्यकता गुप्ताले औंल्याए । ‘पहिला मालवस्तु विक्री गरेको ३० देखि ४५ दिनभित्रमा पाउने गरेको भुक्तानी अहिले बल्लतल्ल ६ महीनामा पाइएको छ । यसले पूँजी र तरलता अभाव बढाएको छ,’ उनले भने ।

थप समाचार

Image Not Found
Image Not Found
Image Not Found
Image Not Found
Image Not Found
Image Not Found
प्रतिक्रिया [0]

पुरा नाम: *इमेल: *प्रतिकृया: *
पठाउनुहोस   

Riddhi Siddhi Cement
Image Not Found
Image Not Found
Image Not Found
Image Not Found
Image Not Found
Image Not Found
धेरै पढिएको
Image Not Found
Image Not Found
Image Not Found
Image Not Found
Image Not Found
विशेष समाचार
Image Not Found
Image Not Found
Image Not Found
Image Not Found
Image Not Found
Image Not Found
नयाँ अपडेट

हामीलाई सम्पर्क गर्नुहोस :
न्यु बिजनेश एज प्रा. लि .
पाञ्चायन मार्ग , थापाथली
काठमाडौँ, नेपाल
सम्पर्क : ०१-५३६७७१७
इमेल : [email protected]            [email protected]
        

mangotech

© 2021 New Business Age Pvt. Ltd | Site By: 

https://s7.addthis.com/static/sh.f48a1a04fe8dbf021b4cda1d.html#rand=0.9353298189785535&iit=1654389269883&tmr=load%3D1654389269713%26core%3D1654389269803%26main%3D1654389269864%26ifr%3D1654389269916&cb=0&cdn=0&md=0&kw=&ab=-&dh=www.abhiyandaily.com&dr=https%3A%2F%2Fwww.abhiyandaily.com%2Fnewscategory-detail%2F409570&du=https%3A%2F%2Fwww.abhiyandaily.com%2Fnewscategory-detail%2F409549&href=https%3A%2F%2Fwww.abhiyandaily.com%2Fnewscategory-detail%2F409549&dt=%E0%A4%A8%E0%A4%BF%E0%A4%9C%E0%A4%97%E0%A4%A2%20%E0%A4%B5%E0%A4%BF%E0%A4%AE%E0%A4%BE%E0%A4%A8%E0%A4%B8%E0%A5%8D%E0%A4%A5%E0%A4%B2%20%E0%A4%95%E0%A5%81%E0%A4%A8%E0%A5%88%20%E0%A4%B9%E0%A4%BE%E0%A4%B2%E0%A4%A4%E0%A4%AE%E0%A4%BE%20%E0%A4%B0%E0%A5%8B%E0%A4%95%E0%A4%BF%E0%A4%81%E0%A4%A6%E0%A5%88%E0%A4%A8%20%3A%20%E0%A4%85%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A4%AE%E0%A4%A8%E0%A5%8D%E0%A4%A4%E0%A5%8D%E0%A4%B0%E0%A5%80&dbg=0&cap=tc%3D0%26ab%3D0&inst=1&jsl=1&prod=undefined&lng=en&ogt=height%2Cwidth%2Cimage%2Cdescription%2Ctitle%2Ctype%3Dwebsite%2Curl&pc=men&pub=ra-5ed7521c0c1bfe71&ssl=1&sid=629bfa15d0bbcf4d&srf=0.01&ver=300&xck=0&xtr=0&og=url%3Dhttps%253A%252F%252Fwww.abhiyandaily.com%252Fnewscategory-detail%252F409549%26type%3Dwebsite%26title%3D%25E0%25A4%25A8%25E0%25A4%25BF%25E0%25A4%259C%25E0%25A4%2597%25E0%25A4%25A2%2520%25E0%25A4%25B5%25E0%25A4%25BF%25E0%25A4%25AE%25E0%25A4%25BE%25E0%25A4%25A8%25E0%25A4%25B8%25E0%25A5%258D%25E0%25A4%25A5%25E0%25A4%25B2%2520%25E0%25A4%2595%25E0%25A5%2581%25E0%25A4%25A8%25E0%25A5%2588%2520%25E0%25A4%25B9%25E0%25A4%25BE%25E0%25A4%25B2%25E0%25A4%25A4%25E0%25A4%25AE%25E0%25A4%25BE%2520%25E0%25A4%25B0%25E0%25A5%258B%25E0%25A4%2595%25E0%25A4%25BF%25E0%25A4%2581%25E0%25A4%25A6%25E0%25A5%2588%25E0%25A4%25A8%2520%253A%2520%25E0%25A4%2585%25E0%25A4%25B0%25E0%25A5%258D%25E0%25A4%25A5%25E0%25A4%25AE%25E0%25A4%25A8%25E0%25A5%258D%25E0%25A4%25A4%25E0%25A5%258D%25E0%25A4%25B0%25E0%25A5%2580%26description%3D%26image%3Dhttps%253A%252F%252Fwww.abhiyandaily.com%252Fpublic%252Fsource%252F1654383805.Clipboard03.jpg%26width%3D600%26height%3D315&csi=undefined&rev=v8.28.8-wp&ct=1&xld=1&xd=1

प्रतिक्रिया दिनुहोस्