नुवाकोट पञ्चकन्या गाउँपालिका शिक्षक संघको अध्यक्षमा श्रेष्ठ, उपाध्यक्षमा ठकुरी
नुवाकोट,जेठ २१ । जिल्लाको पञ्चकन्या गाउँपालिका शिक्षक संघको अध्यक्षमा अशोककुमार श्रेष्ठ चयन भएका छन् ।गाउँपालिकामा कार्यरत नेपाली काङ्ग्रेस समर्थित शिक्षकहरुको दोस्रो भेलाले श्रेष्ठलाई अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै सोही भेलाले उपाध्यक्षमा धिरेन्द्र ठकुरी चयन गरेको छ ।नेपाली काङ्ग्रेसका केन्द्रिय प्रवक्ता एवं केन्द्रीय सदस्य डाक्टर प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा भएको भेलाले समितिका अन्य पदाधिकारीहरुमा महिला उपाध्यक्ष लक्ष्मी गिरी, सचिवमा सुनिता थापा, अर्थ सचिबमा रामकुमार कार्की, प्रकाशचन्द्र कार्की, कविन्द्र राई, अन्जु पण्डित, बिमल थपलिया, सबिता अधिकारी, इश्वरी प्याकुरेल, दामोदर सिटौला, शुशिला न्यौपाने लगायत चयन गरेको छ ।
कार्यक्रममा सहभागी शिक्षकहरुले नेपाल विद्यालय कर्मचारी परिषदको तर्फ बाट विद्यालय कर्मचारी को हक र अधिकारको सुनिश्चितता दिलाउदै निजामती कर्मचारी सरह सुविधाको व्यवस्थाको माग गरेका थिए ।