यार्सा टिप्‍न गएका दुई जनाको लेक लागेर ज्यान गयो



मुगु,जेठ २१ । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा सङ्‍कलन क्षेत्रमा लेक लागेर दुई दिनको अन्तरालमा दुई जनाको ज्यान गएको छ ।

मुगम कार्मारोङ गाउँपालिका–७ महगाउँका १६ वर्षीय असल तामाङको शुक्रबार दिउँसो लेक लागेर मृत्यु भएको हो । उनी मङ्ंग्री गाउँस्थित बुद्ध माध्यमिक विद्यालयमा कक्षा– ९ मा अध्ययनरत थिए । 

पैसा कमाउन अध्ययन छाडेर टाके पाटन क्षेत्रमा उनी यार्सा टिप्‍न गएका थिए ।  तर, लेक लागेर सिकिस्त बिरामी भएका थिए । उनलाई बोकेर घरतर्फ ल्याउँदै गर्दा छोटेचौर भन्ने स्थानमा मुत्यु भएको मुगुम कार्मारोङ गाउँपालिका– ७ का वडा अध्यक्ष शशांक लामाले जानकारी दिए ।

उनका अनुसार यसअघि बुधबार राजबहादुर सिंहको लेक लागेर मृत्यु भएको थियो । सिंह यार्सा सङ्‍कलकको सुरक्षार्थ खटिएका जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत प्रहरी हवल्दार हुन् । उनलाई कोइकी पाटनमा लेक लागेको थियो । 

प्रतिक्रिया दिनुहोस्