घूससहित प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्ष पक्राउ परेपछि…..



काठमाडौं,जेठ २० । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका–१ स्थित एकडारा माविका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई बिहीवार ५० हजार रुपैयाँ घूससहित पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा उक्त विद्यालयका प्रधानाध्यापक रामदिनेश मण्डल र व्यवस्थापन समितिका अध्यक्ष विनोद पासवान रहेका छन् ।
     
आयोगको टोलिले विद्यालयमा भवन निर्माणसम्बन्धी कामका लागि सेवाग्राहीबाट जिल्ला सदरमुकाम जलेश्वरस्थित एउटा होटलमा घूस लिइरहेको अवस्थामा दुवै जनालाई रङ्गेहात पक्राउ गरेको हो ।

घूस रकमसहित पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि  नियन्त्रणमा लिएको अख्तियारले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्