चालु आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याइने



काठमाडौं,जेठ १५ । चालु आर्थिक वर्षमा १० लाख पर्यटक भित्र्याइने बताइएको छ । अर्थमन्त्री जर्नादन शर्माले आगामी आर्थिक वर्षमा १० लाख पर्यटक नेपाल भित्र्याउने बताएका हुन् । संयुक्त सदनको बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले यसबारे जानकारी गराए ।

‘नेपालको संस्कृति र सभ्यताको प्रवर्द्धन गर्दै चालु वर्ष १० लाख पर्यटक भित्र्याउने योजना, औद्योगिक विकासको लागि वैदेशिक लगानी प्रवर्धन गरिनेछ’ बजेट वक्तव्यमा भनिएको छ ।

उद्योग तथा वाणिज्य मन्त्रालयका लागि १० अर्ब ४८ करोड रकम विनियोजन, आरोहणका लागि निर्माण गरिएका पदमार्गको पुनर्निर्माण गरिनेछ । निर्माणाधिन औद्योगिक क्षेत्र र औद्योगिक ग्रामको निर्माणकार्य समयसीमा भित्रै सम्पन्न गरी सञ्चालनमा ल्याइनेछ ।

प्रतिक्रिया दिनुहोस्