अब किसानलाई पनि पेन्सन, छुट्याइयो एक अर्ब रुपैयाँ



काठमाडौं,जेठ १५ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट वाचनका क्रममा १ अर्ब रुपैयाँ छुट्याइएको बताएका छन्। 

उनले यो रकममा हरेक वर्ष १० प्रतिशत थप गर्दै जाने पनि जानकारी दिएका छन् । सरकारले पहिलो पटक किसान पेन्सनका लागि बजेट विनियोजन गरेको हो। 

किसान हित कोषमा किसानले जम्मा गर्ने रकमको १० प्रतिशत रकम थप दिने पनि शर्माले बताएका छन्। 

प्रतिक्रिया दिनुहोस्